सूचना मागेपछि निकालिए शिक्षक,पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

<p>काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।  भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै [&hellip;]</p>

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।

 भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण जागिरबाट निकालेको घटनाप्रति महासङ्घको आपत्ति जनाएको हो ।महासङ्घका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले विज्ञप्ति जारी गर्दै विद्यालयजस्तो संवेदनशील ठाउमा राज्यले बनाएको कानुनको अधीनमा रही नागरिकका नाताले सूचना माग गर्दा जागीरबाट निकालिनुपर्ने घटनाले विद्यालय सञ्चालकको चेतनास्तरमाथि नै प्रश्न गरेको उल्लेख छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले गरेको व्यवस्था अनुसार प्रक्रिया पुर्याएर सूचना माग गरेका ढकाललाई विद्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना दिएनन् । सूचना नदिएपछि ढकालले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरी आयोगले पनि सूचना दिन आदेश गरिसकेको अवस्थामा सूचना मागकर्तालाई सेवाबाट हटाउनु नेपालको कानुन विपरीत रहेकाले तत्काल पुनर्बहालीका लागि महासङ्घले जोडदार माग गरेको हो ।

 ढकाललाई विद्यालयले निकालेको मिति २०८१ फागुन १ गतेकै मितिदेखि लागु हुने गरी पुनर्बहाली गरी निजले माग गरेको सूचना आयोगकै आदेशबमोजिम दिनुपर्ने महासङ्घको भनाइ छ । ढकाललाई पुनर्बहाली गरी सूचना नदिएमा महासङ्घ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share News