प्रकृति लम्सालको मृत्यु प्रकरणः केआईआईटीका ३ अधिकारी निलम्बन र २ सुरक्षागार्ड बर्खास्त

<p>काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का तीन अधिकारी निलम्बन र दुईजना सुरक्षा कर्मचारी बर्खास्तमा परेका छन् । केआईआईटीले विज्ञप्ति जारी यस्तो जनाएको हो । विज्ञप्तिमा दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि [&hellip;]</p>

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का तीन अधिकारी निलम्बन र दुईजना सुरक्षा कर्मचारी बर्खास्तमा परेका छन् ।

केआईआईटीले विज्ञप्ति जारी यस्तो जनाएको हो ।

विज्ञप्तिमा दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको उल्लेख छ ।

त्यस्तै, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम प्रयास गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

केआईआईटी विश्वविद्यालयमा बी टेक सीएससी तेस्रो सेमेस्टरमा अध्ययनरत २० वर्षीया प्रकृति लम्साल १६ फेब्रुअरीमा मृत भेटिएकी थिइन् । उनको मृत्युपश्चात् नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

त्यसपश्चात विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको थियो ।

लम्सालमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुव्र्यवहार गर्ने गरेको बताइएको छ । मानसिक तनाव झेल्दै आएकी लम्सालले आफूमाथि भएको ज्यादतीको बारेमा कलेज प्रशासनलाई बताउँदै आएपनि प्रशासनले सुनुवाइ नगरेको पाइएको छ ।

Share News