भारतमा नेपाली छात्राको मृत्यु भएको विषयमा कूटनीतिक पहल गर्न अध्यक्ष दाहालको आग्रह

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा २१ वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा २१ वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गरेका छन् ।

मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।’

केआईआईटी विश्वविद्यालयमा बी टेक सीएससी तेस्रो सेमेस्टरमा अध्ययनरत लम्साल मृत भेटिएकी थिइन् । उनको मृत्युपश्चात् नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लम्सालमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुर्व्यवहार गर्ने गरेको बताइएकाे छ ।

Share News