खानी खोला हाइड्रोपावरको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न

<p>काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा बुधबार धुम्र बाराह भेन्यु, धुम्बाराहींमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विज्ञय मान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा [&hellip;]</p>

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा बुधबार धुम्र बाराह भेन्यु, धुम्बाराहींमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष विज्ञय मान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ ।

भव्य र सभ्यरुपले सम्पन्न सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।

साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।

Share News