सुनको मूल्य तोलामा २७ सयले घट्यो

<p>काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो । मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

Share News