आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ

<p>काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । साथै उनले सरकारले आजको दिनसम्म आइटी क्षेत्रमा केही गर्न नसकेको स्वीकारेका छन् । उनले भने, ‘सरकारले [&hellip;]</p>

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

साथै उनले सरकारले आजको दिनसम्म आइटी क्षेत्रमा केही गर्न नसकेको स्वीकारेका छन् । उनले भने, ‘सरकारले आइटी क्षेत्रमा केही गरेको छैन । हिजो जति गरेको छ त्यसमै सीमित छ । अब आइटी क्षेत्रमा सरकारले धेरै कुरा गर्नुछ ।’

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले अध्यादेशमार्फत महत्त्वपूर्ण कानुन बनाउने योजना अघि सारेको उल्लेख गरे ।

उनले भने, ‘हामीले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ । नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।’

आइटी सेक्टरले नेपालको डिजिटल अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री गुरुङले आउँदा दिनमा एआई प्लाटफर्मलाई सरकारको तर्फबाट गर्नु सकिने सहयोग रहने कुरा अघि सारे ।

आजदेखि सुरु भएको क्यान इन्फोटेक विद्यार्थी, उद्यमी, अनुसन्धानकर्तादेखि सवै वर्गलाई महत्वपूर्ण प्लाटफर्म रहेको हुँदो यसको भरपूर उपयोग गर्न बताए ।

पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल

क्यान इन्फोटेक मेला आजदेखि सुरु

Share News