
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा सोमबार आफ्नो कार्यालय प्राङ्गण जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटीमण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग/समन्वयमा सम्पन्न गरेको हो ।
कार्यक्रममा ५४ जनाले रक्तदान गरे ।
आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरि रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवामा छुट लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।
पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।