घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य

<p> काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ । निगमले साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । [&hellip;]</p>

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ ।

निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ ।

निगमले साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार अब पेट्रोल पहिलो वर्गको प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गको १५८ रुपैयाँ र तेस्रो वर्गको १५९ रुपैयाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गको १४६.५० रुपैयाँ, दोस्रो वर्गको १४८ रुपैयाँ र तेस्रो वर्गको प्रतिलिटर १४९ रुपैयाँमा खरिद बिक्री हुनेछ ।

Share News