काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को महिलो महिनामा ४१ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
यससँगै नेपालले तिर्न बाँकी रहेको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको ४३.३४ प्रतिशत पुगेको छ ।
उक्त ऋणमध्ये १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६८ अर्ब ५४ करोड बाह्य ऋण हो ।
कार्यालयले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकाेमा साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ ।
साउन महिनामा नेपालले १९ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण प्राप्ति १२.१२ प्रतिशत तथा बाह्य ऋण प्राप्ति १.६ प्रतिशत रहेको छ ।
कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण २१.१० प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड र वाह्य ऋण दायित्व २२.२४ प्रतिशत अर्थात् १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
कर्यालयका अनुसार सरकारले कुल साउनमा १९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले १७ अर्ब आन्तरिक ऋण भुक्तानी गरेको छ भने २ अर्ब २७ करोड वाह्य ऋण भुक्तानी गरेको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षमा कुल ५ अर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा साउनमा ४३ अर्ब ५९ करोड ऋण प्राप्त भएको कार्यालयले जनाएको हो । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण १२.१२ प्रतिशत तथा वाह्य ऋण १.६६ प्रतिशत रहेको कार्यालय रहेको बताएको छ ।
यसैगरी खर्च तथा ऋण बढिरहने तर राजस्व संकलन नबढ्ने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने देखिएकाे छ ।