नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ८ संस्थापक सेयरधनीले बिक्रीमा राखे सेयर

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ८ जना संस्थापकले सेयर बिक्रीमा राखेका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको डेढ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीहरूले १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ८ जना संस्थापकले सेयर बिक्रीमा राखेका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको डेढ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीहरूले १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाइनेछ ।

बैंकको उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिइएको छ । यदि सो अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News