व्यवसाय विस्तारमा आक्रामक देखियो कृषि विकास, नाफा १७६ प्रतिशत बढ्दा ईपीएस २४.७५ रुपैयाँ पुग्यो

<p>काठमाडौं । कृषि विकास बैंक व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत आर्थिक वर्षमा भने व्यवसायमा आक्रामक बनेर वित्तीय सूचकहरुमा उछाल ल्याएको हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंक व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत आर्थिक वर्षमा भने व्यवसायमा आक्रामक बनेर वित्तीय सूचकहरुमा उछाल ल्याएको हो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा अहिले बैंकको नाफा १७६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको २ अर्ब ६६ करोड बढी वितरणयोग्य नाफा रहेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो ।

यस्तै, बैंकको बैंकको प्रतिसेयर आम्दानी २४.७५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको ७.४२ रुपैयाँ थियो ।

बैंकको सञ्चालन नाफा ५ अर्ब २९ करोड रुपैयाँ बढी छ । यस्तै, बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशत बढी हो ।

बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष बैंकको खराब कर्जा २.७८ प्रतिशत थियो ।

Share News