भाडाका भवनमा करोड खर्च गर्दै नेपाल बैंक

<p>काठमाडौं । नेपाल बैंकले भाडाका भवनमा करोडौं रकम खर्च गर्ने भएको छ । बैंकले शाखा कार्यालय सञ्चालनका लागि भाडामा लिएका भवनको पुर्वाधार निर्माणमा करिब १ करोड रुपैयाँ खर्च गर्न लागेको हो । बैंकले सल्यान शाखा, कोटेश्वर शाखा र त्रिशुली शाखामा भौतिक पुर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । बैंकका अनुसार सल्यान शाखा स्थानान्तरणका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले भाडाका भवनमा करोडौं रकम खर्च गर्ने भएको छ । बैंकले शाखा कार्यालय सञ्चालनका लागि भाडामा लिएका भवनको पुर्वाधार निर्माणमा करिब १ करोड रुपैयाँ खर्च गर्न लागेको हो ।

बैंकले सल्यान शाखा, कोटेश्वर शाखा र त्रिशुली शाखामा भौतिक पुर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । बैंकका अनुसार सल्यान शाखा स्थानान्तरणका लागि नयाँ भाडाको भवन, कोटेश्वर शाखा भवनमा लेआउट मोडिफिकेसन र त्रिशूली शाखा भवनमा रिनोभेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण कार्य गरिनेछ ।

उक्त तीनवटै शाखा कार्यालयमा बैंकले ९९ लाख रुपैयाँ खर्च गर्न लागेको हो । जसमध्ये सल्यान शाखा स्थानान्तरणका लागि नयाँ भाडाको भवनमा भौतिक पूर्वाधार निर्माणका लागि भ्याटसहित २७ लाख २३ हजार १७४ रुपैयाँमा कबोल गरिएको छ । यस्तै बैंकको कोटेश्वर शाखा लेआउट मोडिफिकेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न १८ लाख ८८ हजार ३२ रुपैयाँमा ठेक्का स्वीकृत भएको छ ।

त्रिशूली शाखा भवनमा रिनोभेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नका लागि ५२ लाख ९० हजार ८३९ रुपैयाँमा ठेक्का लगाइएको छ । कोहलपुर बाँकेको जेएम निर्माण सेवाले सल्यान शाखा, जनशक्ति अटो मजदूर सेवा प्रालिले कोटेश्वर शाखा र राम कस्न्ट्रक्सन ललितपुरले त्रिशुली शाखाको भौतिक पुर्वाधार निर्माणका लागि छनोट भएका हुन् ।

बैंकले यी शाखाका लागि विभिन्न समयमा बोलपत्र आह्वान गरेको थियो । जसमा रीतपूर्वक न्यूनतम मूल्यमा आवेदन दिएका यी निर्माण कम्पनीलाई छनोट गरिएको बैंकले जनाएको छ ।

Share News