काठमाडौं । वाणिज्य बैंकको ब्याज घट्दै गएको छ । बैंकहरूले प्रकाशित गरेको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा बैंकहरूको आधारदर ३.२४ प्रतिशतले घटेको छ । फागुनमा १०.१३ प्रतिशत रहेको बैंकको आधारदर चैतमा घटेर ९.८५ प्रतिशत रहेको छ । बिन्दुगत आधारमा भने ०.३०४ प्रतिशत आधारदर घटेको छ ।
तथ्यांकअनुसार सबैभन्दा कम आधादर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ७.५२ प्रतिशत रहेको छ । आधारदर कम भएको बैंकको ब्याजदर पनि कम हुन्छ । हाल बैंकको स्प्रेडदर ४ प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ ।
यस्तै, प्रभु बैंकको आधारदर ९.०६ प्रतिशत, एभरेष्टको ८.३९ प्रतिशत, सानिमाको ८.९७ प्रतिशत, माछापुच्छ«को ९.२६ प्रतिशत, सिटिजन्सको ९.५८ प्रतिशत, नेपाल बैंकको ८.५७ प्रतिशत, कुमारी बैंकको १०.०१ प्रतिशत, एनआईसी एसियाको ९.१३ प्रतिशत, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत आधारदर रहेको छ ।
यस्तै, कृषि विकास बैंकको ९.३६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.६२, ग्लोबल आइएमई बैंकको ९.०९ प्रतिशत, नबिलको ८.६१ प्रतिशत, नेपाल एसबिआईको ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१ प्रतिशत, सिद्धार्थको ८.९८ प्रतिशत, प्राइमको १०.०५ प्रतिशत, एनएमबिको ९.४१ प्रतिशत, हिमालयनको ९.८५ प्रतिशत र हिमालयनको आधारदर ९.८५ प्रतिशत रहेको छ ।