काठमाडौं । वाणिज्य बैंकहरूले घरकर्जा बढाएका छन् । प्रत्येक महिना वाणिज्य बैंकबाट प्रवाह हुने घर कर्जाको परिमाण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले माघ महिनामा कुल ३ खर्ब ५ अर्ब ५१ करोड १० लाख रुपैयाँ होम लोन प्रवाह गरेका छन् ।
घर कर्जाको परिमाण् बढ्दै जाँदा कर्जाको ब्याजदर भने घट्दै गएको छ । माघमा बैंकहरूले औसत ११.६७ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरेका छन् ।
यस्तै, पुसमा बैंकहरूले औसत ११.७४ प्रतिशत ब्याजदरमा ३ खर्ब ६१ करोड १ करोड, मंसिरमा १२.११ प्रतिशत ब्याजमा ३ खर्ब ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
कात्तिकमा औसत १२.३१ प्रतिशत ब्याजमा ३ खर्ब ३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ, असोजमा १२.३८ प्रतिशत ब्याजमा ३ खर्ब २ अर्ब ११ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, भदौमा औसत १२.०७ प्रतिशत ब्याजमा २ खर्ब ९३ अर्ब ६७ करोड ५० लाख, साउनमा ११.९७ प्रतिशत ब्याजमा २ खर्ब ८८ अर्ब ६५ करोड २० लाख र असारमा औसत १२.४३ प्रतिशत ब्याजमा २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए ।