
काठमाडौं । बैंकहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको बक्यौता डेढ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० माघ मसान्तमा १ लाख ३२ हजार ७ सय ६ ऋणीलाई प्रवाह भएको १५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५२ हजार ५ सय ७४ ऋणीलाई प्रवाह भएको १०४ अर्ब ६० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७७ हजार ६ सय २ महिला उद्यमीलाई प्रवाह भएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय ३० ऋणीको २ अर्ब १० करोड कर्जा बक्यौता रहेको छ ।