सरकारको आन्तरिक ऋण ३.२ प्रतिशतले बढ्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारको आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । चालु आवको सात महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो जनाएको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारको आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । चालु आवको सात महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो जनाएको हो ।

बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।

Share News