पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर्न एमालेको माग

<p>काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरे ।

‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस्’, उनले भने ।

उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताए ।

Share News