टेरामक्सको अनुसन्धान सकियो : अख्तियार प्रमुख राई

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रकरणको अनुसन्धान सकिएको बताएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख राईले टेरामक्स प्रकरणमा अहिले सम्बन्धित व्यक्तिहरुले दिएको बयानको अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको बताएका हुन् । उनले अब केही समयभित्र अनुसन्धानको नतिजा आउने समेत बताए [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रकरणको अनुसन्धान सकिएको बताएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख राईले टेरामक्स प्रकरणमा अहिले सम्बन्धित व्यक्तिहरुले दिएको बयानको अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको बताएका हुन् ।

उनले अब केही समयभित्र अनुसन्धानको नतिजा आउने समेत बताए । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

टेरामक्स प्रकरणमा आयोगले तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिइसकेको छ ।

प्रमुख राईका अनुसार अख्तियारले सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि अनुसन्धान गरिरहेको छ ।

Share News