यी ३ प्रदेशमा छिटपुट वर्षा र हिमपातको सम्भावना

<p>काठमाडौं । मंगलबार तीन वटा प्रदेशका पहाडी इलाकामा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्&#x200d;चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको हो। पश्&#x200d;चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्&#x200d;चिमसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया [&hellip;]</p>

काठमाडौं । मंगलबार तीन वटा प्रदेशका पहाडी इलाकामा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको हो।

पश्‍चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यस्तै, देशभरका उच्च पहाडी र हिमाली भेगका १(२ स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

Share News