काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो ।
८२ वर्षीय आचार्यको सोमबार निधन भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ ।
४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् । भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन् ।