गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छः सांसद दाहाल

<p>काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन् । सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरे ।

‘सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन । आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु । र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न । उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु’, उनले भनिन् ।

सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरिन् ।

Share News