
काठमाडौं । बिहीबार दुई वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी र मधेश प्रदेशलगायत पहाडी भेगका थोरै तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेशलगायत पहाडी इलाकाका थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी इलाकाका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।