कन्या गुरुकुलको अक्षयकोषका लागि पौने दुई करोड सङ्कलन

<p>काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले यही फाुगन १ देखि आजसम्म उक्त [&hellip;]</p>

काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो ।

उक्त महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले जानकारी दिए । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए ।

नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए ।

महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।

प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौंमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर-देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ ।

नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् । रासस

Share News