
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलले लुवाटार पुगेर प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाई आज १० बजे प्रतिवेदन बुझाउन लागेको हो ।
रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पारी माघ १५ गतेभित्र सरकारलाई बुझाउने जिम्मा पाएको थियो ।
विभागमा सुरेशकुमार कर्ण, सिर्जना केसी, सुशील खड्का र भोजन अर्याल सदस्य छन् ।