दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले काठमाडौंमा प्रदर्शन गर्ने

<p>काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो । राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको उक्त आन्दोलनमा राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् [&hellip;]</p>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको उक्त आन्दोलनमा राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रचार गरिए पनि शाह नआउने बताइएको छ ।

गत मंसिर ७ मा पनि प्रसाईं नेतृत्वको अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।

Share News