बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना आज छुट्ने

<p>काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएकाले उनीहरु आज छुट्न लागेका हुन् । उनीहरुलाई कीर्ते र ठगीमा अनुसन्धान कायम राख्दै हाजिर जमानीमा छोड्ने तयारी [&hellip;]</p>

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएकाले उनीहरु आज छुट्न लागेका हुन् ।

उनीहरुलाई कीर्ते र ठगीमा अनुसन्धान कायम राख्दै हाजिर जमानीमा छोड्ने तयारी भएको छ । अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी बनाएको आरोप लागेका अरुण चौधरीविरुद्ध ४३ जना स्थानीयले ठगीको जाहेरी दिएका छन् । सार्वजनिक जग्गा हड्पिएको भन्दै ४३ जना स्थानीय बासिन्दाले बाँसबारीस्थित काठमाण्डु महानगरपालिका ३ कार्यालयमा निवेदन दिएका थिए ।

Share News