आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

<p>काठमाडौं । आइएमई पे प्रतिष्ठित &#8216;एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड&#8217; बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट &#8216;आइएमई पे&#8217; कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक [&hellip;]</p>

काठमाडौं । आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

Share News