एनआईसी एशिया लघुवित्तको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाले शनिबार र आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाले शनिबार र आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो ।

शनिबार लुम्बिनी प्रदेश सिद्धार्थ कटेज बुटवल मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक दिपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन विभाग प्रमुख सुजन ढकालको उपस्थिती रहेको थियो भने लुम्बिनी प्रदेशमा संचालक समिती को तर्फ बाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका संचालक विभोर कुमार अग्रवाल, साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थितीमा सिद्धार्थ होटेल नेपालगंजमा शनिबार सम्पन्न गरिएको थियो ।

कर्णाली प्रदेशमा भने आइतबार उक्त कार्यक्रम सुर्खेत को सिद्धार्थ होटेलमा संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितीमा सम्पन्न भएको थियो ।

Share News