उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा  सभा भएको हो । सभाले  सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ। साथै सभाले संचालक समितिमा सर्वसाधारण [&hellip;]</p>

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा  सभा भएको हो ।

सभाले  सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।

साथै सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

Share News