मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सामान्य घाइते

<p>काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान रुम्झाटारबाट लोबुचे उडानका क्रममा दुर्घटना परेको हो । लोबुचे पिकमा हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटनामा परेको कम्पनीका निर्देशक राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार हेलि दुर्घटनामा परेपनि पाइलट भने [&hellip;]</p>

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान रुम्झाटारबाट लोबुचे उडानका क्रममा दुर्घटना परेको हो ।

लोबुचे पिकमा हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटनामा परेको कम्पनीका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हेलि दुर्घटनामा परेपनि पाइलट भने सामान्य घाइते भएका छन् । दुर्घटनामा परेका पाइलट पिके सेढाइलाई लुक्ला लगिएको छ ।

नेपाल नागरिक उडड््यन प्राधिकरणले पाइटल सेढाइलाइ फिस्टेल एयरले उद्धार गरेर लुक्ला गरेको जनाएको छ । लुक्लामा सामान्य उपचार पछि उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याउन लागिएको छ ।

Share News