कैलाश हेलिकोप्टरमा ७ पाइलटका लागि जागिर खुला

काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले विभिन्न पदमा ७ जना पाइलट माग गरेको छ । कम्पनीले एयरबस एएस३५० सिरिजका हेलिकोप्टर सञ्चालनका लागि योग्य नेपाली जनशक्ति माग गरेको हो ।

कम्पनीले हेलिकोप्टर पाइलट (इन्स्ट्रक्टर) ३ जना, हेलिकोप्टर पाइलट (क्याप्टेन) २ जना र हेलिकोप्टर को–पाइलट २ जना गरी कुल ७ जना जनशक्ति माग गरेको छ ।

कम्पनीका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले अद्यावधिक बायोडाटा (सीभी), लाइसेन्स तथा सम्बन्धित सबै कागजातसहित आवेदन दिन सक्नेछन् ।

आवेदकसँग आईसीएओको सम्बन्धित सदस्य राष्ट्र वा नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएए) बाट जारी गरिएको एएस३५० सिरिज हेलिकोप्टरमा मान्य एटीपीएल, सीएफआई वा सीपीएल (एच) लाइसेन्स हुनुपर्नेछ । अन्य न्यूनतम योग्यता नेपाल नागरिक उड्डयन प्राधिकरणको आवश्यकताअनुसार हुने कम्पनीले जनाएको छ ।

कम्पनीले २२ अगस्ट २०२६ मा सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कैलाश हेलिकोप्टर सर्भिसेजको कार्यालयमा प्रत्यक्ष वा तोकिएको ठेगानामा आवेदन दिनुपर्नेछ ।

कम्पनीको कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीआईए कमर्सियल बिल्डिङ, लेभल–३, काठमाडौंमा रहेको छ । आवेदनका लागि कम्पनीले [email protected][email protected] इमेल ठेगाना उपलब्ध गराएको छ ।

Share News