तारागाउँ रिजेन्सी होटलको नाफामा १ सय प्रतिशत छलाङ, ईपीएस २०.२८ रुपैयाँ

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १०१ प्रतिशत बढाएको हो । गत असारसम्म कम्पनीको कूल [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १०१ प्रतिशत बढाएको हो ।

गत असारसम्म कम्पनीको कूल आम्दानी ८५ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८४ करोड ८८ लाख ७१ हजार रुपैयाँ कूल आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा वृद्धि भएकोले कारोबार बढेकाले नाफा बढेको कम्पनीले जनाएको छ । साथै, चीनले समेत वायुसेवाका उडानहरु नियमित गरेकाले आगामी वर्षमा व्यवसाय वृद्धि हुने कम्पनीको अपेक्षा छ । होटलको अक्यूपेन्सी बढाउने, उपलब्ध अत्याधुनिक साधनहरुको प्रयोग लगायतका सबै उपायहरु अवलम्बन गरी आम्दानी वृद्धि गरिने कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ र जगेडा कोषमा ६५ करोड ७७ लाख रुपैयाँ जम्मा छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २०.२८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १०.१० रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.८६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३८.९७ गुणा रहेको छ ।

Share News