एनआरएनएको टिमले खरिद गर्याे टाइगर प्यालेस, सरकारलाई कर तिर्ने घोषणा

<p>काठमाडौं । भैरहव स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपाली (एनआरएनए)हरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतको समुहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी [&hellip;]</p>

काठमाडौं । भैरहव स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपाली (एनआरएनए)हरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतको समुहले उक्त रिसोर्ट खरिद गरेको हो ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको सेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ ।

एनआरएनए सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि सरकारलाई कर नतिरेको आरोप लागेको थियो । बुधवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष अध्यक्ष बुद्धिसागर सुवेदीले विदेशमा सेयर खरिद बिक्री गरिएपनि सरकारलाई लाग्ने सम्पुर्ण कर तिर्न तयार रहेको बताए । टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्व बहन गर्न तयार रहेको बताए । साथै, उक्त जानकारी कर कार्यालयलाई समेत दिइसकेको उनको भनाइ छ ।

‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका होइनौं, देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौं,’ अध्यक्ष सुवेदीले भने ।

अष्ट्रेलियन कम्पनीले रिसोर्ट तथा क्यासिनो व्यवसाय गर्दा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । कोरोना महामारीका कारण बन्द भएपछि आन्तरिक विवाद बढ्दै गएको थियो । करोडौं घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौले रोजगारी गुमाएका थिए भने राजस्व पनि गुमेको थियो । रिसोर्टले बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्ट सञ्चालनका लागि बैंकबाट साढे २ अर्ब रुपैयाँ ऋण लिएको थियो ।

वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने देखिएकाले एनआरएनएहरुले सो होटल खरिद गरेको सञ्चालक दिपक गौतम बताउँछन् । सिल्भर हेरिटेजलेसहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरिरहेको छ । एनआरएनएले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत् सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन सेयर खरिद गरेको गौतमको भनाइ छ ।

Share News