खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

<p>काठमाडौं । तीनवटा विमानस्थलको उडान वर्षाका कारण मौसम खराब हुँदा प्रभावित भएको छ । आइतबार बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलमा विमान उड्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै, तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ [&hellip;]</p>

काठमाडौं । तीनवटा विमानस्थलको उडान वर्षाका कारण मौसम खराब हुँदा प्रभावित भएको छ ।

आइतबार बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलमा विमान उड्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै, तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

Share News