काठमाडौं । अब नेपालमा हवाई यात्रा गर्दा कोभिडको खोप कार्ड नचाहिने भएको छ ।
सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा यात्रा गर्दा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने प्रावधान हटाएको हो ।
योसँगै अब नेपालमा विदेशबाट यात्रा गर्न आएकाहरुले कोभिड-१९ सँग सम्बन्धित कुनै पनि कागजातहरु बोक्नुपर्ने छैन् ।
यद्यपी, नेपालबाट विदेश जाने यात्रुले भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्नेछ ।