काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीले पनि सरकारलाई कर भुक्तानी गर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपालीले ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था ल्याईएको बताएका हुन ।
सरकारले आर्थिक ऐनलाई नै संशोधन गर्दै विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर भुक्तानी गर्नुपर्ने भएको हो ।
यस्तो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई खरिदकै बखत कर तिर्नुपर्ने हुन्छ ।
यस्तै, फर्म वा कम्पनी व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखाङ्कन बखत नै कर तिर्नु पर्नेछ ।
पर्यटन शुल्क वापत संकलन गरेको राजस्व अर्को महिनाको २५ गतेसम्म जम्मा गरिसक्नु पर्ने छ । तोकिएको समयमा उक्त रकम भुक्तानी नभए वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विद्येयकमा उल्लेख छ ।