सरकारले सन् २०२३ मा १० लाख पर्यटन भित्र्याउने, पर्यटन दशक घोषणा

<p>काठमाडौं । सरकारले पर्यटन दशक घोषणा गरेको छ । सरकारले बजेटमा नै समावेश गरेर सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सन् २०२३ मा १० लाख पुर्&#x200d;याउने घोषणा गरेका हुन । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको [&hellip;]</p>

काठमाडौं । सरकारले पर्यटन दशक घोषणा गरेको छ । सरकारले बजेटमा नै समावेश गरेर सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सन् २०२३ मा १० लाख पुर्‍याउने घोषणा गरेका हुन ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा। प्रकाश शरण महतले बताए ।

ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल तथा पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।

जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ ।

Share News