भैरहवा र पोखरा विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट

<p>काठमाडौं । सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन । उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गर्ने भन्दै वायुसेवा कम्पनीलाई ग्राउण्ड [&hellip;]</p>

काठमाडौं । सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन ।

उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गर्ने भन्दै वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुटको घोषणा गरेका हुन ।

दुई विमानस्थल सञ्चालनमा ल्याईएको लामो समय हुँदा समेत नियमित उडान हुन नसकेपछि सरकारले छुटको घोषणा ल्याएको हो ।

Share News