सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई एएसएजी आइ केयरमा छुट

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एएसएजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता भएको छ । बैंक र सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्दा छुट दिने सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एसएसजि आइ केयर एण्ड हेल्थ सर्भिसेसको तर्फबाट निर्देशक डा। [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एएसएजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता भएको छ । बैंक र सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्दा छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एसएसजि आइ केयर एण्ड हेल्थ सर्भिसेसको तर्फबाट निर्देशक डा। सबिन ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एसएसजि आइ केयर एण्ड हेल्थ सर्भिसले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी ओपिडी, ओपिडी प्याकेज, तथा अन्य प्याकेजसेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट सेवा प्रदान गर्नेछ ।

यस्तै, आँखा चेक जाँचमा बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पनि पाउनेछन् ।

Share News