सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बेच्दै

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे १० हजार कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे १० हजार कित्ता संस्थापक सेयर बिक्री गरेको हो ।

बैंकले संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न १५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्नेछन् ।

Share News