
काठमाडौं । खराब मौसमको कारण धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि कतार एयरवेज, नेपाल एयरलाइन्स लगायतका केही जहाज नेपाली आकाशमा फन्को मारिरहेका हुन् ।
यस्तै, भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज भने दिल्ली फर्काइएको छ ।
काठमाडौंमा परेको पानी र हावाका कारण अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानहरु समेत प्रभावित बनेका छन् ।