प्रभु बैंकको सीई‌ओ नियुक्तीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

<p>काठमाडौं । उच्च अदालतले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीई‌ओ)को नियुक्त विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार उच्च अदालतले प्रभु बैंकका सीई‌ओ अशोक शेरचनको नियुक्त खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शेरचनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान विपरित सीइओ नियुक्त गरिएको भन्दै अधिवक्ता अनिता थापाले माघ १३ गते सञ्चालक समितिको निर्णय [&hellip;]</p>

काठमाडौं । उच्च अदालतले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीई‌ओ)को नियुक्त विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार उच्च अदालतले प्रभु बैंकका सीई‌ओ अशोक शेरचनको नियुक्त खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शेरचनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान विपरित सीइओ नियुक्त गरिएको भन्दै अधिवक्ता अनिता थापाले माघ १३ गते सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने मागसहित उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

शेरचन माघ १२ गते पुनः प्रभु बैंकको सीईओ नियुक्त भएका थिए ।

Share News