सिटिजन्स बैंकका ग्राहकलाई फ्लेक्स फिटनेस सेन्टरमा २० प्रतिशतसम्म छुट 

<p>काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने [&hellip;]</p>

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको जनाएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News