काठमाडौं । दशैंलाई लक्षित गर्दै स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने छ । हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।
साथै, एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफर मार्फत १२ सय रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे अनुसार मात्र १५ सय बराबरको पोस कारोबारमा ५०० र ३ हजारको कारोबारमा १ हजार क्यासब्याक प्राप्त गर्न सकिने छ । यो अफर असोज महिना भरि लागु हुने कम्पनीले जानकारी दिएकाे छ ।