एनआईसी एशिया क्यापिटलले घरमै आएर डिम्याट खाता खोल्ने सेवा दिने

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था छ । डिम्याट खाता खोलिदिनुको साथै कम्पनीले सेयर अभौतिकीकरण गर्नको लागि [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ ।

हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था छ ।

डिम्याट खाता खोलिदिनुको साथै कम्पनीले सेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।

लामो समयदेखि यस क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पु¥याउँदै आइरहेको छ ।

 

Share News