काठमाडाैं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’सँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ।
यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै ‘द भ्वाइस अफ नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस अफ नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो ।