एनसीसी बैंकले दमकको विद्यालयमा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दमकको ढुकुरपानी माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सन इन्फोटेकसँगको संयोजकत्वमा शुक्रबार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले बैंकले प्रदान गरिरहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिएका थिए । यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दमकको ढुकुरपानी माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सन इन्फोटेकसँगको संयोजकत्वमा शुक्रबार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले बैंकले प्रदान गरिरहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिएका थिए । यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष दवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको समुपस्थिति रहेको थियो।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News