काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा अफर ल्याएको छ । क्यापिटलले पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो ।
यो अफर भदौ १४ गते हरितालिका तीजका दिनदेखि भदौ ३१ गतेसम्म सञ्चालनमा आउने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आवद्व हुने महिलाले एक वर्षका लागि वार्षिक सेवा शुल्क मा १०० प्रतिशत नै छूट पाउने छन् ।
यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा महिलालाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसि लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यस योजनामा महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले जनाएको छ ।