गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सफल

<p>काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका पौने ६ बजे परीक्षण उडान सफल भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको सो विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान भरेको हो । नेपाल वायुसेवा निगमको ३३० एयरबसले सफल परीक्षण उडान [&hellip;]</p>

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका पौने ६ बजे परीक्षण उडान सफल भएको छ ।

गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको सो विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान भरेको हो ।

नेपाल वायुसेवा निगमको ३३० एयरबसले सफल परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।

यान्त्रिक परीक्षण उडान सफल भएपछि सबभन्दा पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएको थियो ।

सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरासँग हप्ताको तीन दिन उडान गर्ने गरी सम्झौता गरिसकेको छ ।

Share News