चिठ्ठी हात परेपछि भोलि नै राष्ट्र बैंकमा हाजिर हुन्छु : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भोलि (बुधबार) नै राष्ट्र बैंकमा हाजिर हुने बताएका छन् । मंगलबार सर्बोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै उनी भोलि राष्ट्र बैंकमा हाजिर हुने भएका हुन् । ‘चिठ्ठी हातमा परेको छैन, भोलि पाउँछु होला, चिठ्ठी पाउने बित्तीकै कार्यालयमा हाजिर हुन्छु,’ गभर्नर अधिकारीले विकासन्युजसँग भने । उनले अदालतको आदेशले न्यायको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भोलि (बुधबार) नै राष्ट्र बैंकमा हाजिर हुने बताएका छन् । मंगलबार सर्बोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै उनी भोलि राष्ट्र बैंकमा हाजिर हुने भएका हुन् ।

‘चिठ्ठी हातमा परेको छैन, भोलि पाउँछु होला, चिठ्ठी पाउने बित्तीकै कार्यालयमा हाजिर हुन्छु,’ गभर्नर अधिकारीले विकासन्युजसँग भने ।
उनले अदालतको आदेशले न्यायको अनुभूति मिलेको बताए ।

सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइयालको एकल इजालशले मंगलबार सरकारका नाममा गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको छ ।

निलम्बनपछि ११ दिनदेखि उनी राष्ट्र बैंक गएका थिएनन् । उनलाई गत चैत २४ गते मन्त्रिपरिषद् बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो ।

Share News